Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • ल्होत्से मल लुटपाटमा संलग्न थप १५ जना पक्राउ, चालक र सहचालक नै संलग्न

    ल्होत्से मल लुटपाटमा संलग्न थप १५ जना पक्राउ, चालक र सहचालक नै संलग्न

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 630
    SHARES

    काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले ल्होत्से मलमा भएको लुटपाटमा संलग्न १५ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई बुधबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरूमा काभ्रे पाँचखाल घर भइ हाल काठमाडौं बस्दै आएका सुरज मगर,उदयपुर घर भइ तार्केश्वर बस्दै आएका रितेश बस्नेत,मोरङ घर भइ तार्केश्वर बस्दै आएका यमन राइ रहेका छन् ।



    उनीहरू लोत्से मलमा भएको चोरीमा संलग्न रहेको प्रहरीले जनाएको छ । उनीहरु तिनै जना सहचालक हुन्।



    यस्तै,आगजनी र तोडफोडमा संलग्न नुवाकोट घर भई बालाजु बस्दै आएका रोमन नगरकोटी,ककनी घर भई बालाजु बस्दै आएका सुदीप तामाङ,माछापोखरी बस्दै आएका माधव शाही,लोलाङ बस्दै आएका केशर राई,जरङ्खु बस्दै आएका ईन्द्र तामाङ पक्राउ परेका छन् ।

    यस्तै,तार्कोश्वर बस्दै आएका ईलाराज गुरुङ, ढुगेंधारा बस्दै आएका राजन राउत, सामाखुसी बस्दै आएका हरीशरण तामाङ, तार्केश्वर बस्दै आएका विकास गुरुङ, डल्लु बस्दै आएका संविधान परीयार र सामाखुसी बस्दै आएका कवीन खड्की पक्राउ परेका छन् ।

    यसअघि ४ जनालाई पक्राउ गरिएको थियो। योसँगै लुटपाटमा संलग्न पक्राउ पर्नेको संख्या १९ पुगेको छ। यसअघि बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंले लुटपाटमा संलग्न ४ जना र प्रहरीको गाडी आगजनीमा संलग्न ६ जना गरी १० जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो।

    बाँकी १५ जनालाई उपत्यका अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। अनुसन्धान कार्यालयले पक्राउ गरेका १५ जना ल्होत्से मलमा तोडफोड र लुटपाटमा संलग्न रहेका मुख्य व्यक्ति हुन्।

    उनीहरुलाई भिडिओका आधारमा पहिचान गरेर पक्राउ गरेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) सोमेन्द्र सिंह राठौरले बताए ।

    उनका अनुसार तारकेश्वर यातायात, महानगर यातायातका चालक र सहचालकहरु रहेका छन् । सोमबार आन्दोलनपछि ल्होत्से मल लुटपाट भएको थियो।

    बुधबार विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि बालाजु वृत्त र महाराजगन्ज वृत्तमा पठाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार