Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचनमा एमालेसँग तालमेल मात्रै हो, गठबन्धन होइन् : उपेन्द्र यादव

रुपन्देही । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमालेसँग केही सिटमा तालमेल मात्र भएको बताएका छन् ।

जसपा जिल्ला समन्वय समिति रुपन्देहीले बुधवार भैरहवामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

उनले एमालेसँग गठबन्धन भएको भन्ने बुझाइ गलत भएको जिकिर गर्दे पार्टीले गरेको निर्णय सही भएको दाबी गरे । उनले समय परिस्थितिअनुसार गठबन्धन र तालमेल फेरबदल हुनसक्ने बताए ।

पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा ९ र प्रदेशसभा सदस्यमा २१ सिट दिने भनिएपछि गठबन्धनबाट जसपा बाहिरिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077