Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुन बैंकमा खाता खोल्ने भन्ने विवादमा प्रदेशसभा अवरुद्ध

जनकपुरधाम । मधेश प्रदेशसभा सदस्यको पारिश्रमिकका लागि कुन बैंकमा खाता खोल्ने भन्ने विषयलाई लिएर प्रदेशसभा बैठक नै अवरुद्ध भएको छ ।

बुधबार प्रदेशसभा बैठक बस्नुअघि प्रदेशसभा सदस्यको खाता खोल्न एनएमबि बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका कर्मचारी प्रदेशसभा सचिवालयमा आएका थिए ।

सचिवालयले इन्मेस्टमेन्ट मेगा बैंकका कर्मचारीलाई प्रवेश नै गर्न नदिएपछि कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो । तर एनएमबि बैंकका कर्मचारीले मात्र प्रवेश पाए ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रतिनिधिलाई भने मर्यादापालकले रोकेका थिए । स्रोतका अनुसार एनएमबि बैंकका कर्मचारीलाई प्रदेशसभा सचिवालयले बोलाएको थियो भने नेपाली कांग्रेसले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रतिनिधिलाई बोलाएका थिए ।

कांग्रेसका सांसदहरुले सचिवालयले भनेको बैंकमा नभई नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा खाता खोल्ने अडान लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077