Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोंगबु घटनाबारे कांग्रेसले भन्यो- आन्दोलनको नाममा कसले लुटपाट मच्चायो तत्काल कारबाही होस्

काठमाडौं । नेपाली कांग्रेसले बसपार्कमा भएको लुटपाट र तोडफोडको घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्ने कांग्रेस नेताहरुले उक्त माग गरेका हुन् ।

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले काठमाडौंको मुटुमै शान्ति सुरक्षाको प्रत्याभूति सरकारले गराउन सक्दैन भने दुरदराजको स्थिति के होला ? भन्दै प्रश्न गरे । उनले तत्काल दोषीलाई कारबाही गर्नुपर्ने माग गरे ।

'यसले देशभर नकारात्मक सन्देश जान्छ। कारबाही नभए देशभर अराजकता फैलिन्छ', उनले भने, 'यदि यातायात मजदुरको जायज माग पनि छ भने सम्बोधन हुनुपर्छ। तर यसरी अराजकता फैल्याउने र लुट मच्चाउनेमाथि सरकारले कारबाही गर्नुपर्छ।'

प्रमुख प्रतिपक्ष दलको प्रवक्ता समेत रहेका उनले काठमाडौंमै सुरक्षा प्रत्याभूति गराउन नसक्ने सरकारले दूरदराजमा कसरी शान्ति कायम गर्छ भन्दै प्रश्न उठाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077