Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तत्कालीन डिभिजन प्रमुख श्रेष्ठविरुद्व भ्रष्टाचार मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुटवलका तत्कालीन डिभिजन प्रमुख इच्छा कुमार श्रेष्ठविरुद्व चार लाख रुपियाँभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोपमा आरोपपत्र दायर गरेको छ । मंगलबार विशेष अदालत, काठमाडौंमा कैद सजाय गरी निजबाट ऐन बमोजिम जफत हुन समेत मागदाबी लिएर अख्तियारले आरोपपत्र दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा नवलपरासी जिल्लास्थित पेटवनिया सिंचाई योजनाका लागि आर्थिक वर्ष २०७४र७५ मा डिप ट्युववेलको कार्यका लागि बजेट निकासा भएकोमा आरोपितमाथि सो को गलत प्रतिवेदन बनाएको आरोप लागेको छ ।

प्रमुख श्रेष्ठसहित इन्जिनियर सन्तोषकुमार दासले फिल्ड कार्यको यकिन गरी वास्तविक नापजाँच गर्नुपर्नेमा सो नगरिएको आयोगको विज्ञप्तिमा उल्लेख छ। यसैगरी, ठेक्का निर्माण समपन्न गर्ने जिम्मेवारी पाएको थापा कन्स्ट्रकसनका प्रोप्राइटर अर्जुनकुमार क्षेत्रीसहित तीन जना आरोपितमाथि एक लाख २० हजार रुपियाँ भ्रष्टाचार आरोप लागेको छ।

यसैगरी, आयोगको अर्को विज्ञप्तिमा पनि नवलपरासीको सरावल गाउँपालिकास्थित भूमिगत जलश्रोत तथा सिँचाई विकास डिभिजन, बुटवल पेटवनिया सिँचाई योजनाका लागि आर्थिक वर्ष २०७४र७५ मा पुरा नभएको डिट्युव्लको ठेक्काको कामको भुक्तानी भएको भनी ढाकछोप गरेको आरोप श्रेष्ठमाथि लागेको छ।

अनुसन्धानका क्रममा श्रेष्ठ र सोही इन्जिनियर दासले निर्माण नै नभएका आउटलेट संरचनाको मूल्याङ्कन गरेर तीन लाख पाँच हजार ८१० रुपियाँ निर्माण व्यवसायीलाई बढी भुक्तानी गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ।

यस प्रकरणमा साविक महेश निर्माण सेवा बर्दघाट–४ नवलपरासीका प्रोप्राइटर तथा हाल महेश इन्जिनियरिङ्ग एण्ड बिल्डर्स प्रालिका सञ्चालक ध्रुवप्रसाद उपाध्याय, महेश इन्जिनियरिङ्ग एण्ड बिल्डर्स प्रालिका प्रबन्ध निर्देशक मनोजकुमार खनाल, महेश निर्माण सेवाका आधिकारिक प्रतिनिधि प्रकाश भट्टराईले संरचना नै नभएको झुटा नापी किताब, विल भरपाई र कार्य सम्पन्न प्रतिवेदन बनाएर गैरकानुनी लाभ लिएको आरोप लागेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077