काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेट संशोधन नगरिएको बताएका छन् ।
मंगलबार राष्ट्रय सभामा बोल्दै मन्त्री पौडेलले बजेट संशोधन नगरेर संशोधित अनुमान गरिएको बताएका हुन् ।
“बाहिर बजेट संशोधन गरिएको भन्ने हल्ला फैलिएको हो । तर, हामीले बजेट संशोधन गरेका हैनौँ, संशोधित अनुमान गरिएको हो । बजेट निर्माण गर्दा बजेट सार्वजनिक गर्दा आम्दानी र खर्चको जुन प्रक्षेपण गरेका थियौँ, त्यो आम्दानी र खर्च जति आम्दानी हुन्छ भनिएको थियो, त्यो आम्दानी र खर्च भेटाउन गाह्रो हुन्छ भन्ने देखियो । तथ्यले त्यही कुरा देखाउँछ,” उनले भने ।
उनले कानुनअनुसार नै सरकारले बजेट खर्चको संशोधन गरिएको पनि बताए ।