Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आमाको हत्या आरोपमा छोराबुहारी पक्राउ

तनहुँ । आफ्नै आमालाई हत्या गरेको आरोपमा तनहुँ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाको बन्दीपुरमा ८४ वर्षकी वृद्धाको हत्या आरोपमा उनका छोरा र बुहारी पक्राउ परेका हुन् ।

बन्दीपुर गाउँपालिका-३ शेराटारमा ८४ वर्षकी माया सर्किनीको हत्या आरोपमा छोरा ४७ वर्षका राज कुमार सार्की र बुहारी ३५ वर्षकी सुशीला मजकोटीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सोमबार बिहान अन्दाजी ५ बजेको समयमा मायाको हत्या भएको बताइएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077