काठमाडौं । सरकारले जनयुद्ध दिवसको अवसर पारेर सार्वजनिक बिदा दिएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरु असन्तुष्ट देखिएका छन्।
तत्कालीन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह सुरु गरेको दिनमा सरकारले सार्वजनिक विदा दिएपछि कांग्रेस नेताहरू आलोचनामा उत्रिएका हुन् ।
कांग्रेसका नेता तथा पूर्वमन्त्री डा.मिनेन्द्र रिजालले संविधान र शान्ति सम्झौताको मर्मविपरीत ‘जनयुद्ध दिवस’ मनाउने सरकारको निर्णयप्रति कांग्रेसको आधिकारिक धारणा माग गरे ।
रिजालले सोमवारको सरकारको निर्णयबारे प्रश्न उठाउँदै कांग्रेसका महान्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माका साथै प्रवक्ताको समेत धारणा माग गरेका हुन् ।
रिजालले भनेका छन्, ‘एमालेको दह्रो समर्थनमा बनेको माओवादी नेतृत्वको सरकारले वृहत् शान्ति सम्झौता र नेपालको संविधान तथा यसमा अन्तर्निहित मर्म विपरीत घोषणा गरेको कथित ‘जनयुद्ध दिवस’ बारे हाम्रो दल नेपाली काङ्ग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचन पछि रु आदरणीय महामन्त्रीद्वय तथा प्रवक्ताज्यू ।’
उनले सरकारको निर्णयलाई वृहत् शान्ति सम्झौता र संविधान विपरीत भनेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्ध दिवसका रूपमा आज (फागुन १ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
२०५२ फागुन १ गते सुरु भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिएको हो।
Leave a Reply