Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवन-२ मा रवि लामिछानेलाई नै उम्मेदवार बनाउने रास्वपाको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा सभापति रवि लामिछानेलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

निर्वाचन आयोगले आगामी वैशाख १० गतेका लागि उपनिर्वाचनको मिति तय गरेको छ । यसअघि पत्रकार सम्मेलनमा पनि सो पार्टीका सभापति लामिछानेले छिटो निर्वाचनको मिति घोषणा गर्न माग गरेका थिए ।

स्रोतका अनुसार उपनिर्वाचनमा पनि लामिछाने नै उमेदवार बन्नेछन् । यसअघि भएको निर्वाचनमा उनी सोही निर्वाचन क्षेत्रबाटै उमेदवार बनेका थिए ।

तर, उनले अमेरिकन नागरिकता त्यागेर पुनः नेपाली नागरिकता लिने प्रक्रिया पुरा नगरेको भनी सर्वोच्च अदालतले उम्मेदवार नै हुन अयोग्य ठहर गरेपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077