Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनआईसी एशिया बैंकले ल्यायो भ्यालेन्टाइन डे अफर, यस्ता छन् सुविधा

काठमाडौं । ‘फेब्रुअरी १४’अर्थात् भ्यालेन्टाइन डेको अवसरमा एनआईसी एशिया बैंकले अफर सार्वजनिक गरेको छ । आफ्ना ग्राहकहरूका लागि बैंकले ‘सेलिब्रेट लभ विद एनआईसी एशिया बैंक’ योजना सार्वजनिक गरेको हो ।

यो योजना बैंकको मोबाइल बैंकिङ एप तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलो पटक भुक्तानी गर्ने ग्राहकहरूलाई लक्षित गरेर ल्याइएको हो ।

शनिबारदेखि २०७९ फागुन १ गतेसम्म सञ्चालन हुने यस योजना अन्तर्गत बैंकको मोबाइल बैंकिङ एप तथा डेबिट वा क्रेडिट कार्डबाट विभिन्न मर्चेन्टहरूमा सो बैंकद्वारा राखिएको क्युआर कोड तथा पीओएस मेसिनमा पहिलो पटक कारोबार गर्ने ग्राहक ग्राहकलाई १४ प्रतिशत वा अधिकतम २०० रूपैयाँसम्म क्यासब्याक उपलब्ध हुने बैंकले जनाएको छ ।

साथै, बैंकले यसरी कारोबार गर्नेमध्ये २० जना भाग्यशाली ग्राहकलाई भ्यालेन्टाइन डेको दिन अर्थात् फागुन २ गते तारे होटलमा आफ्ना साथीसँग डिनर खाने अवसर मिलाइएको बैंकले जनाएको छ।

काठमाडौं बाहिरबाट यस योजनामा समावेश भई डिनरको लागि छनोट हुने ग्राहकहरूका लागि उनीहरूलाई पायक पर्ने नजिकैको तारे वा सो सरहको होटलमा आकर्षक डिनरको व्यवस्था मिलाइने पनि बैंकले जनाएको छ।

यस योजनामा मोबाइल बैंकिङ एपमार्फत् गरिने वालेट लोड, अन्य बैंक वा सोही बैंकको अन्य खातामा रकम स्थानान्तरणलाई भने मान्यता नदिइने बैंकले जनाएको छ।

डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले ल्याएको यस योजनाबाट ग्राहकलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदान पुग्ने बैंकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077