Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अख्तियारको ३२औँ स्थापना दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ३२औँ स्थापना दिवस मनाउँदैछ ।

अख्तियारले देशभरका कार्यालयमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउन लागेको हो ।

‘मिलेर फालौँ भ्रष्टाचारको जालोः सुशासन प्रबर्द्धनमा गरौँ हातेमालो’ भन्ने नारा यसवर्ष तय गरिएको छ ।

शुक्रबार अख्तियारको हेटौँडा कार्यालयमा रक्तदान कार्यक्रम गरिएको थियो । आयोगको काठमाडौँको टंगालमा रहेको केन्द्रीय कार्यालयसहित आठवटा कार्यालय छन्।

हालको नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्ने गरी काम, कर्तव्य र अधिकार प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077