Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम सरकार ढलेपछि रञ्जिताको टिप्पणी - विचारमा कटिबद्ध छौँ, प्रयोग गर्ने साधन होइनौं

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरु विचारमा कटिबद्ध रहेको बताएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकार ढलेपछि बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएकी हुन् । उनले आफूहरू विचारमा कटिबद्ध रहेको र सबैले प्रयोग गर्ने साधन नबन्ने स्पष्ट पारिन् ।

उनले राज्य अझै टीकापुर घटनाप्रति अनुदार भएको आरोप लगाइन् । उनले लेखेकी छिन्' 'हामी विचारमा कटिबद्ध छौँ,सबैले सधैं प्रयोग गर्ने साधन होइनौं । यो देश हाम्रो पनि हो, देशको शासन प्रशासनमा हाम्रोपनी सहभागिता रहनुपर्दछ । भौगोलिक सांस्कृतिक पहिचान नेपालीको पनि सम्मान हो, मुलबासिको अपमान गरेर मुलुक कहिल्यै समृद्धिशाली हुनसक्दैन त्यसैले जनभावनाको कदर गरौँ । जनमतको कदर गरौ !

अहिलेसम्म राज्य टीकापुर घटनाप्रति अनुदार छ । मानवअधिकारकर्मीहरुले आँखा खोलेका छैनन्। हामीलाई उचालल्नेहरुको ताँती पनि लामै छ। तर हामी न्यायको पालना गरेर जेलमा चौखुरिएर बस्न बाध्य छौं । राष्ट्रप्रति हिजो, आज र भोलि पनि उत्तिकै बफादार थारुलाई न्यायिक दृष्टिको प्रकाश किन परिरहेको छैन ? झ्यालखानाको बुइँगलबाट न्यायको घाम झुल्किन्छ कि भनेर हामी सधैं नियालीरहन्छौं। न्यायको पारिलो घाम आँखाले देख्दादेख्दै पनि शासकले छानो हालेर जबरजस्ती छायाँ बनाइरहेको पनि प्रष्टै देखिन्छ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077