काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले गठबन्धन टिकाउनुपर्ने निष्कर्ष निकालेको छ ।
बिहीबार पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले चुनौती रहेपनि गठबन्धन टिकाउनुपर्ने निष्कर्ष निकालेको हो ।
बैठकपछि नेता प्रदीप ज्ञवालीले भिन्न–भिन्न दलको गठबन्धन रहेकाले असमझदारी उत्पन्न हुनु स्वभाविक रहेको बताउँदै समझदारी बनाउने प्रयास जारी रहेको बताए ।
उनले भने, 'अहिलेको सत्ता गठबन्धनलाई टिकाएर लैजानुपर्छ भन्ने निष्कर्ष निकालेका छौँ । चुनौती छन् तर टिकाएर लैजान्छौँ भनेर संकल्प पनि गरेका छौँ ।'