Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • नक्कली कागजात बनाउने सोनाम नेपाल बालाजुबाट पक्राउ

    नक्कली कागजात बनाउने सोनाम नेपाल बालाजुबाट पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २६ माघ २०७९
  • 702
    SHARES

    काठमाडौ । जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली कागजात बनाउने कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा तेह्रथुमको म्याङ्लुङ नगरपालिका-१ घर भई हाल काठमाडौंको माछापोखरी बस्ने ३४ वर्षीय सोनाम नेपाल रहेका छन् ।



    बालाजुको बसन्तनगरस्थित उनले सञ्चालन गरेको युनाइटेड इन्टरप्राइजेज एण्ड ट्रेनिङ सेन्टरमा सरकारी जागिरमा आबद्ध रहेको व्यक्तिको शैक्षिक प्रमाण पत्र बनाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।



    नेपालले विभिन्न तालिमहरूका नक्कली प्रमाण पत्र बनाउने गरेको भन्ने सूचनाको आधारमा प्रहरी खानतलासीका लागि पुगेको थियो ।

    सो क्रममा विभिन्न संघ संस्थाका लेटर प्याडहरू र छापहरू फेला पारी बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।

    पक्राउ परेका नेपालमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद अन्तर्गतको लिखत सम्बन्धी (किर्ते गर्न नहुने) कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार