Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सात सांसदसँग तस्वीर खिचाउँदै रञ्जिताले लेखिन् - हार्नेहरूले हो आत्मसमर्पण गर्ने, कसैले हल्लाउन सक्दैन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कसैका सामू आत्मसमर्पण नगर्ने बताएकी छन् ।

सुदूरपश्चिम प्रदेशसभामा रहेका नाउपाका सबै सात सांसदहरूसँगको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै श्रेष्ठले आत्मसमर्पण नगर्ने बताएकी हुन् ।

उनले आफ्ना पार्टीका सात सांसदको फोटो फेशबुकमा राख्दै लेखेकी छन्,'हार्नेहरुले हो आत्मसमर्पण गर्ने ! योद्धाहरु त सहिद भएर मर्छन तर परिचय मर्न दिँदैनन् । आफ्नो देश समृद्धिमा पुगोस् कसको चाहना हुन्न र तर एकैदेशका दाजुभाइ माथि गरिएको थिचोमिचोले मुलुक उकालो होईन ओरालोतिर लाग्छ ।

देश मागेर बिद्रोह हाम्रो माग होईन,मुलुक समृद्धिका लागि समानुपातिक सहभागिता लक्ष्य हो । हिजो आयातितले बजार धान्थे आज हामी आफै सक्षम छौँ । सतहमा दर्‍हो पिल्लर छ,भुकम्पले समेत हल्लाउन नसक्ने पिल्लरमा दुइचार घन दुस्साहस मात्रै हो ।

भलो यसैमा छ,मुलुकिय तलामा तपाईंको पनि साथ रहोस् अनि त चुलिएको महलबाटको दृश्याङ्कन फटिक नजरमा कति सुहाउलान है ?? श्रमले मुलुक समृद्धिशाली बन्छ आश्वासित शब्दले होइन । जय नागरीक'

आज सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाए सरकार ढल्छ । उनलाई मनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधाबार साँझ वार्ता गरेको थिए ।

श्रेष्ठले आत्मसमर्पण नगर्ने बताउनुलाई अर्थपूर्ण रूपमा लिइएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।

तर निर्णायक रहेको नाउपाले विश्वासको मत नदिने अडान लिएको छ । नाउपाको साथबिना मुख्यमन्त्री रावलले बुहुमत गुमाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077