Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • वनका फरेस्टरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    वनका फरेस्टरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    अनलाइन नेपाल
  • बुधबार, २५ माघ २०७९
  • 588
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फरेस्टर जयपृथ्वीराज बुढाथोकीसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    आयोगले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै सल्यानको कालिमाटी गाउँपालिकास्थित सब–डिभिजन वन कार्यालयमा कार्यरत फरेस्टर बुढाथोकीसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।



    अख्तियारले सबडिभिजन वन कार्यालय कालिमाटीका फरेस्टर बुढाथोकीसहित सहायक वन अधिकृत मनोज शर्मा लम्साल, महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर कुँवर, कोषाध्यक्ष जुद्धकुमारी ओली, सचिव पुष्पा ओली खासु मगर र दुर्गा ट्रेडर्स एन्ड सप्लायर्सका सञ्चालक दुर्गाप्रसाद ओलीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।



    तुलसीपुर–पुरन्धारा–बोटेचौर सडकखण्ड स्तरोन्नति गर्ने क्रममा काटिएका सामुदायिक वनका रुख बिक्री गरी अनियमितता गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

    अख्तियारले उनीहरूलाई १ लाख ८७ हजार ८ सय ७७ रुपैयाँदेखि २ लाख ६८ हजार ५ सय ६१ रुपैयाँसम्म बिगो भराउन माग गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार