काठमाडौं । बुधबार सेयर बजार ७.१६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनुसार बुधबार सेयर बजार घटेर २१७०.८० विन्दुमा पुगेको छ ।
बजारमा आज दुई सय ५७ वटा कम्पनीका एक करोड पाँच लाख दुई हजार कित्ता सेयर तीन अर्ब ६९ करोड १९ लाख रुपैयाँमा कारोबार भएका छन् ।
बुधबार सबैभन्दा बढी सेयर मूल्य बढ्ने कम्पनीमा तेह्रथुम हाइड्रोपावर, धौलागिरि लघुवित्त र राधी जलविद्युत् कम्पनी छन् ।
बुधबारको कारोबारबाट सेयर मूल्य बढी घट्ने कम्पनीमा आदर्श लघुवित्त र पोखरा फाइनान्स छन् ।
यस दिन कारोबार रकमको आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी अगाडि छ । नेपाल रिको ११ करोड रुपैयाँको कारोबार भएको छ ।
Leave a Reply