Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शिवशिखर सहकारीको धनगढी कार्यालयमा तालाबन्दी

धनगढी । सेवाग्राहीहरूले कैलालीको धनगढीमा रहेको शिवशिखर बहुद्देश्यीय सहकारी संस्थाको कार्यालयमा ताला लगाइएको छ ।

बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा सेवाग्राहीहरूले धनगढी कार्यलयमा मंगलबार तालाबन्दी गरेका हुन् ।

सेयरधनी र ग्राहकको रकम फिर्ता गर्न नसक्ने स्थिति भएपछि मंगलबारबाट धनगढी सेवा कार्यालय बन्द गरेको शिवशिखर बहुद्देश्यीय सहकारी संस्थाले बताएको थियो ।

धनगढीमा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था अहिले बन्द भएपछि बचतकर्ताको भीड लागेको छ ।

आइतबारदेखि बन्द भएको सहकारीले मंगलबार भने एक सूचना जारी गर्दै आर्थिक मन्दीले पुँजी व्यवस्थापन हुन नसक्दा कार्यालय बन्द गर्नुपरेको जानकारी दिँदै ग्राहक तथा शेयर सस्दयहरूसँग माफी मागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077