Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रविलाई दिलभुषणको चुनौती - गलत सूचना प्रवाह गरेको एउटा पनि घटना भए देखाउनू

काठमाडौं । कान्तिपुर टेलिभिजनका प्रधानसम्पाद दिलभुषण पाठकले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले लगाएका आरोपहरूको खण्डन गरेका छन् ।

मंगलबार साँझ फेसबुकमार्फत पाठकले झण्डै ३० वर्षको व्यावसायिक जीवनमा आजसम्म आफूले लेखेका वा बनाएका समाचार कार्यक्रममा वा सामाजिक सञ्जालमा कहीँ, कतै, कसैलाई गाली बेइज्जत गर्ने, अपमान गर्ने वा होच्याउने काम नगरेको दाबी गरेका हुन् ।

लामिछानेले पाठकलाई ‘पापी’को संज्ञा दिँदै आलोचना गरेका थिए ।

पाठकले कुनै बेला लामिछानेले आफूलाई ‘मेरो पछाडि भीड मात्र छ तर तपाईंसँग आधिकारिकता छ, बौद्धिकता छ, सामाजिक प्रतिष्ठा र व्यावसायिक कुशलता छ’ भनेर ग्यालेक्सी फोरकेको प्रधानसम्पादक बन्न आग्रह गरेको घटना स्मरण गरेका छन् ।

उनले लेखेका छन्, 'मेरा लागि पत्रकारिता तथ्यपरक र सन्तुलित हुनुपर्छ । मेरो पत्रकारितालाई लिएर आजसम्म प्रेस काउन्सिल वा कुनै न्यायिक निकायमा एउटा पनि उजुरी वा मुद्दा परेको छैन । सत्यता नभएको र गलत सूचना प्रवाह गरेको एउटा पनि घटना भए देखाउन चुनौती दिन्छु ।'

यस्तो छ पाठकको स्पष्टीकरण :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077