Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रविलाई कैलाश सिरोहियाको चुनौती - चन्द्रागिरि हिल्समा मैले शेयर लिएको पुष्टि गर्नू

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले रास्वपा अध्यक्ष रवि लामिछानेले पछिल्लो पत्रकार सम्मेलनमार्फत लगाएका आरोपहरुको खण्डन गर्दै त्यसलाई पुष्टि गर्न चुनौती दिएका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै सिरोहियाले आफू र कान्तिपुरमाथि रास्वपाका सभापति लामिछानेले गत आइतबारको पत्रकार सम्मेलनमा लगाएका आरोप पुष्टि गर्न चुनौती दिएका हुन् ।

लामिछानेले नेपाली सञ्चारजगत र सञ्चारकर्मीविरूद्ध विषबमन गर्ने शैलीमा जथाभावी निराधार लाञ्छनाहरू लगाएको भन्दै सिरोहियाले खेद प्रकटसमेत गरेका छन् ।

सिरोहियाले वक्तव्यमा लेखेका छन्, ‘हामीले लेखेका समाचार नेपालको संविधान, कानुन र सर्वोच्च अदालतको संवैधानिक इजलासबाट स्थापित तथ्य हुन् । रवि लामिछानेले लगाएका आक्षेपका आधार के हुन् ? मैले त आफ्ना कुराहरू यहाँ प्रस्ट र पारदर्शी रूपमा पाठक र शुभेच्छुकहरूसमक्ष राखेको छु । के रवि लामिछानेले पनि नागरिकता, दोहोरो पासपोर्ट र दोहोरो राष्ट्रियतालाई लिएर आफूमाथि उठेका तमाम प्रश्नहरूको साँचो जवाफ दिन सक्नुहुन्छ ?’

लामिछाने कान्तिपुरमात्रै नभई समग्र नेपाली प्रेसको विश्वसनीयतामाथि नियोजित प्रहार गर्न उद्दत भएकाले त्यो आफूलगायत प्रेसकर्मीहरुलाई सह्य नहुने उनको भनाइ छ ।

यी हुन् लामिछानेलाई सिरोहियाका ५ प्रश्न :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077