Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • जनताको करमाथि अत्याचार, राजस्व संकलन र खर्च दुवैमा व्यापक भ्रष्टाचार

    जनताको करमाथि अत्याचार, राजस्व संकलन र खर्च दुवैमा व्यापक भ्रष्टाचार

    अनलाइन नेपाल
  • मंगलबार, २४ माघ २०७९
  • 759
    SHARES

    काठमाडौं । सार्वजनिक ओहोदामा बसेका राष्ट्रसेवक तथा उच्च पदस्थले जनताको करमाथि अत्याचार गर्दै भ्रष्टाचारमा लिप्त हुने गरेको पाइएको छ ।

    उनीहरूले सरकारी कोषमा राजस्व संकलन गर्ने र खर्च गर्ने दुवै अवस्थामा भ्रष्टाचार गर्ने प्रवृत्ति विद्यमान रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।



    अख्तियारका अनुसार राज्यको आम्दानीको परिणाममा अधिकतम वृद्धि हुनेगरी राजस्व संकलन तथा असुलीको जिम्मेवारी पाएका कर्मचारी तथा पदाधिकारीबाटै राजस्व असुलीको कार्यमा चरम लापर्बाही गरी अनुचित कर छुट दिने र राजस्वमा उठेको रकम नै हिनामिना गरी भ्रष्टाचार गर्ने गरेको पाइएको छ ।



    यसैगरी न्यून कर निर्धारण, कर परीक्षणमा गडबढीजस्ता भ्रष्टाचारजन्य कार्यसमेत गर्ने गरेको अख्तियारको अध्ययनले देखाएको छ । आयोगको अध्ययन विश्लेषणअनुसार सार्वजनिक पदधारण गरेका व्यक्तिले गर्ने भ्रष्टाचार सबैभन्दा बढी आर्थिक लेनदेनसँग जोडिने गरेको छ ।

    भ्रष्टाचारजन्य कार्यका सम्बन्धमा आर्थिक वर्ष २०७८÷७९ मा आयोगबाट भएका अनुसन्धान र विशेष अदालतमा दायर गरिएका मुद्दाको विश्लेषण गर्दा सरकारी कर्मचारी र उच्च पदाधिकारीले सबैभन्दा बढी घुस लिएर काम गर्ने गरेका छन् ।

    यस अतिरिक्त राजस्व चुहावट गर्ने, सार्वजनिक सम्पत्ति हानिनोक्सानी गर्ने, गैरकानुनी लाभ गरी भ्रष्टाचार गर्ने प्रवृत्ति पनि यथावत् रहेको अख्तियारको विश्लेषण छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार