Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कीर्तिमानले श्रीमतीलाई खोलामा ढुंगाले हानेर गरे हत्या

दाङ । श्रीमतीको हत्या आरोपमा रोल्पाका एक व्यक्ति दाङबाट पक्राउ परेका छन् ।

आफ्नी ४४ वर्षीया श्रीमती गोबिना बुढाथोकीको हत्या आरोपमा रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं. ६ का ४९ वर्षीय कीर्तिमान बुढाथोकी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार दाङको घोराही उपमहानगरपालिका वडा नं. १९ को मलार खोलामा गोबिनाको शव सोमबार बिहान फेला परेको थियो ।

बुढाथोकीले श्रीमती मुटुको बिरामी भई उपचारका लागि रोल्पाबाट घोराही ल्याउने क्रममा शनिबार राति बाटोमा मृत्यु भएको भनी आइतबार प्रहरी चौकी दुईखोलीलाई जानकारी दिएका थिए ।

बिहान सात बजेतिर कीर्तिमान आफैं जिल्ला प्रहरी कार्यालय घोराही पुगेका थिए । उनले प्रहरीसमक्ष श्रीमती गोबिना पहिलेदेखि नै मुटु रोगको बिरामी रहेको र आफूहरू पैदल हिँड्ने क्रममा खोलामा एकाएक ढलेर मृत्यु भएको बयान दिएका थिए ।

घटनास्थल पुगेपछि मृतकको टाउकोमा घाउखत देखेपछि प्रहरीले हत्या भएको हुन सक्ने आशंका गर्दै अनुसन्धान अगाडि बढाएको थियो।

सोधपुछको क्रममा कीर्तिमानले श्रीमतीलाई ढुंगाले हानेर हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी प्रवक्ता गौतमले बताए । घटनाको अनुसन्धानका क्रममा बुढाथोकीले नै कुटपिट गरी श्रीमतीको हत्या गरी प्रहरीलाई गलत सूचना दिएको खुलेको छ । बुढाथोकीलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077