Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंको धर्मस्थलीमा बाल्टिनमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

सोमबार काठमाडौं महानगरपालिका धर्मस्थली चिसापानीकी १७ महिने बालिकाको बाल्टिनमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार लाक्पा तामाङकी १७ महिने छोरीको मृत्यु भएको छ ।

घरको कम्पाउन्डमा खेल्ने क्रममा अचानक बाल्टिनको पानीमा डुबेकी थिइन् । उनको शव पोष्टमर्टमको लागि टिचिङ अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077