Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सभापति रविको अभिव्यक्तिप्रति पार्टीभित्रै विरोध, कार्की भन्छन् - शब्द चयन ठिक थिएन

काठमाडौं । सभापति रवि लामिछानेले सार्वजनिक रुपमा दिएको गालीगलौजपूर्ण अभिव्यक्तिप्रति पार्टीभित्र असन्तुष्टि देखिएको छ ।

आइतबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि लामिछानेले पत्रकार सम्मेलनमार्फत मिडिया एवं पत्रकारहरुप्रति गरेको टिप्पणीबारे राष्ट्रिय स्वतन्त्र पार्टीभित्र विरोध देखिएको हो ।

पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले सञ्चारमाध्यका सम्पादक र मालिकहरुको आलोचना गर्दा सभापति रवि लामिछानेको प्रस्तुतिलाई गलत भएको बताए । उनले सोमबार सामाजिक सञ्जालमार्फत् आफ्ना धारणा सार्वजनिक गर्दै पार्टी बैठकमा छलफल नै नगरी रविले आइतवार पत्रकार सम्मेलन गरेको दाबी गरे ।

'पार्टीको आधिकारिक बैठकमा छलफल नै नभएको र पार्टीमा औपचारिकरअनौपचारिकरुपमा थाहै नदिइएको वक्तव्यको धारणा र परिणामबारे बोल्नै पर्ने बाध्यता स्वयम व्यक्ति बाहेक अरु कसैको हुँदैनु, रविको पत्रकार सम्मेलनबारे उनी भन्छन्, 'त्यसमा अरुलाई बोल्न बाध्य बनाउनु न्यायसंगत हुन्न। र, कुनै प्रसंगलाई बेवास्ता गर्दैमा 'नाजवाफ' भएको भन्न नमिल्ला।'

कार्कीले नेपाली मिडियाहरुमाथि अधिकांश आममानिसले प्रश्न उठाइरहेको कुरा नकार्न नसकिने पनि बताएका छन् ।

'ठूलो संख्याले रवि लामिछानेले बोलेका कुराहरु सही छन् भनिरहेका छन्। सञ्चारजगतप्रतिको यो अविश्वास कसरी हुन गयो भन्ने पनि खोजी गर्नुहोला', उनले सुझाएका छन्, 'अर्को ठूलो संख्याले सभापति रहेर त्यत्रो पार्टी हाँकिरहेको मानिसले शब्द चयन गर्न नजानेको हो भनिरहेका छन्। त्यो सुझावलाई पनि मनन् गर्नुपर्छ।'

कार्कीले गलत नसच्याइँ र सहीहरुले हातेमालो नगरि यो देश नबन्ने पनि तर्क गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077