Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • कृषि सडक निर्माण गर्दा २ लाख बढी भ्रष्टाचार, पूर्व मेयरसहित १२ जनाविरुद्ध मुद्दा

    कृषि सडक निर्माण गर्दा २ लाख बढी भ्रष्टाचार, पूर्व मेयरसहित १२ जनाविरुद्ध मुद्दा

    अनलाइन नेपाल
  • सोमबार, २३ माघ २०७९
  • 759
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर नगरपालिकाका पूर्वप्रमुख र उपप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

    अख्तियारले पूर्वप्रमुख उदयकुमार बरबरिया यादव, उपप्रमुख शिलादेवी कापरी, तत्कालीन लेखा समितिका संयोजक जैसिलाल भिनवार यादव र सुशासन समितिका संयोजक कन्हैया मुखियाविरुद्ध मुद्दा दायर भएको हो ।



    वडा नम्बर ८ को बिसरभोरा नहरदेखि गोठ कोयलपुरसम्म कृषि सडक निर्माणका क्रममा फिल्डमा भएको कामभन्दा बढी राखेर नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार परी उपभोक्ता समितिलाई बढी भुक्तानी गरेको अख्तियारको दाबी छ ।



    उनीहरुले सम्म्झौता विपरीत भएको कामलाई सही देखाएर गलत अनुगमन प्रतिवेदन तयार पारेको अख्तियारका दाबी छ । आयोगले उनिहरुमाथि २ लाख १२ हजार ८ सय १६ रुपैयाँ विगो मागदावी सहित भ्रष्टाचारमुद्दा दायर गरेको हो ।

    प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो, इन्जिनियर संजय यादव, वडा नम्बर ८ का वडाध्यक्ष तनुकलाल कुसियत र योजना शाखा प्रमुख विन्देश्वर यादव, तत्कालीन आर्थिक प्रशासन प्रमुख नन्दकुमार झा र उपभोक्ता समितिका अध्यक्ष कारी चमार, कोषाध्यक्ष रेखाकुमार र सचिव मुकेश लखनदे यादवविरुद्ध पनि मुद्दा दायर भएको छ ।

    उजुरीको अनुसन्धान गर्ने क्रममा उपभोक्ता समितिमार्फत भएको काममा वास्तविकभन्दा बढी काम देखाएर २ लाख १२ हजार ८ सय १६ रुपैयाँ हिनामिना गरेको पुष्टि भएपछि नगरप्रमुख उदयकुमार बरबरिया, उपप्रमुख शिलादेवी कापरी, तत्कालीन लेखा समिति संयोजक जैसीलाल भिनवार यादव र सुशासन समितिका संयोजक कन्हैया मुखियाविरुद्ध हिनामिना भएको रकम बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवानाको मागदाबी लिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार