काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले वाम एकताका लागि पहल गर्ने भएको छ ।
आइतबार केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा नेता जगन्नाथ खतिवडाले यस्तो बताएका हुन् ।
उनले वामपन्थी शक्तिहरूलाई एक बनाउन पहल गर्ने निर्णय भएको बताए ।
'वामपन्थी आन्दोलनलाई एकीकृत गर्न आवश्यक छ । हामीले नगरे अरूले सक्ने परिस्थिति छैन । त्यसकारण एक असल कम्युनिस्ट पार्टीको नाताले वामपन्थी शक्तिहरू एक बनाउन लागिपर्छौं,' उनले भने ।