काठमाडौं । नेकपा एकीकृत समाजवादीले २०८० फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।
प्रवक्ता जगन्नाथ खतिवडाका अनुसारजारी केन्द्रीय समिति बैठकमा महाधिवेशनबारे प्रस्ताव गरिएको र उक्त प्रस्ताव पारित हुनेछ ।
त्यस्तै बैठकले शान्ति र स्थायित्वका लागि सक्दो भूमिका खेल्ने तथा पार्टी संगठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गर्ने नेता खतिवडाले बताए ।
बैठकको समापन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीले समाजवादको झण्डा बुलन्द गरेको भन्दै पार्टी समाजवादी बाटोबाट बाहिर नजाने बताए ।