Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • अमेरिकी राहदानी नत्याग्दै नेपाली पासपोर्ट लिएको हुँ, दुरुपयोग गरेको छैन : रवि लामिछाने

    अमेरिकी राहदानी नत्याग्दै नेपाली पासपोर्ट लिएको हुँ, दुरुपयोग गरेको छैन : रवि लामिछाने

    अनलाइन नेपाल
  • आइतबार, २२ माघ २०७९
  • 558
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूले अमेरिकी राहदानी र नागरिकता नत्याग्दै नेपाली राहदानी (पासपोर्ट)लिएको स्वीकार गरेका छन् ।

    आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।



    तर उनले आफूले त्यसको दुरुपयोग नगरेको बताए। उनले अमेरिकाबाट नेपाल बस्ने गरी फर्केपछि नेपालमा बसोबास गर्दा चाहिने कागजातहरु बनाएको बताए ।



    उनले भने,‘नेपालमा बस्नेका लागि के के चाहिन्छ त्यो लिन थालेँ । त्यसको सदुपयोग, दुरुपयोग, उपयोग केही पनि गरिन, जुन दिन अमेरिकी पासपोर्ट र नागरिकता बुझाएपछि मात्र त्यसबाट ट्राभल गरेँ ।’

    १२–१४ वर्ष बसेको देश अमेरिकाको कागजात च्यातेर हिँड्न नमिल्ने भन्दै उनले त्यहाँ आफ्नो व्यापार, व्यवसाय, दायित्व र ऋण रहेको बताए । तर स्थायी रुपमा नेपाल फर्किएपछि भने अत्यावश्यक कागजातहरु बनाउन थालेको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार