Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • रास्वपाका मन्त्रीहरुले आजै राजीनामा बुझाउने

    रास्वपाका मन्त्रीहरुले आजै राजीनामा बुझाउने

    अनलाइन नेपाल
  • आइतबार, २२ माघ २०७९
  • 486
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् ।

    पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरुले आइतबार नै राजीनामा बुझाउने बताएका हुन् ।



    उनले आफूहरु सरकारलाई दिएको समर्थन कायमै राख्दै सरकारबाट फिर्ता भएको बताए । उनले सबै मन्त्रीहरुलाई पनि फिर्ता बोलाउने निर्णय सर्वसम्मतबाट पारित भएको बताए ।



    उनले भएको र देखाएको विषय आकाश जमिनको फरक रहेको बताए । रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार