Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल टेलिकमद्वारा फाइभजी परीक्षण सुरू, सर्वसाधारणले तत्काल चलाउन नपाउने

काठमाडाैं । नेपाल टेलिकमले आज आइतबारदेखि फाइभजी सेवाको आन्तरिक परीक्षण सुरू गरेकाे छ ।

१९ औं वार्षिकाेत्सवको अवसरमा टेलिकमले फाइभजी सेवाको परीक्षणको औपचारिक शुभारम्भ गरेको हो । बबरमहल र सुन्धारास्थित टेलिकमको कार्यालयमा राखिएका फाइभजी उपकरणबाट फाइभजीको परीक्षण सुरू गर्न थालिएको छ ।

कम्पनीले आन्तरिक परीक्षण सुरु गरेको भएपनि तत्कालका लागि भने सर्वसाधारणले फाइभजी चलाउन नपाउने भएका छन् ।

सर्वसाधारणसँग फाइभजी चल्ने डिभाइसको संख्या नै न्यून भएको र फाइभजी प्रणाली प्रयोगको सम्भावना पनि न्यून रहेकाले कर्मचारीहरुबाटै परीक्षणकालको सुरुवात भएको टेलिकमले जनाएको छ ।

परीक्षणबाट पत्ता लागेका कुरालाई अघि बढाउँदै त्यसबाट व्यावसायिक प्रयोजनबाट सुरु गर्ने कम्पनीको योजना रहेको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077