Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वगभर्नर जबराको पार्थिव शरीरमा देउवाले ओढाए कांग्रेसको झण्डा

काठमाडौं । आज बिहान निधन भएका दिवंगत पूर्वगभर्नर हिमालय शमशेर जबराको पार्थिव शरीरमा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

त्यस्तै, महामन्त्री गगन थापा, सुनिलबहादुर थापा, प्रकाशमान सिंह लगायतका नेताहरुले पनि जबराको बबरमहलस्थित निवास पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।।

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर जबराको ९५ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

स्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित जबरा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077