Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पार्टीको बैठकअघि बालुवाटारमा रविले भेटे प्रधानमन्त्री प्रचण्ड, के भयो कुराकानी ?

काठमाडौं । पार्टी बैठकअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन्।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर लामिछानेलाई प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्। प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच गृह मन्त्रालयबारे छलफल भएको बताइएको छ।

चितवन९२ बाट निर्वाचित लामिछानेले नागरिकता विवादमा दोषी ठहर भएपछि उक्त पद गुमाएका छन् । पुन: नागरिकता लिएपछि गैरसांसद गृहमन्त्री बन्ने कसरतमा रवि लागेका छन् ।

लामिछानेले गृहमन्त्री नै चाहे पनि प्रधानमन्त्री प्रचण्ड भने सकारात्मक छैनन् । स्रोतका अनुसार लामिछानेले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान राखेका थिए भने प्रचण्डले गृहको विकल्प रोज्न आग्रह गरेका थिए।

प्रचण्डले लामिछानेलाई गृहको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेका छन्। त्यसैले अब के गर्ने भन्ने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्दिय समिति र संसदीय दलको संयुक्त बैठकले निर्णय गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077