Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राष्ट्रिय सभाको उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी नदिने, माओवादीकी अर्याल निर्विरोध

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी नदिने निर्णय गरेको छ ।

आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उम्मेदवारी नदिने निर्णय गरेको हो ।

कांग्रेसले नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको छ । यो सँगै राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार उर्मिला अर्याल निर्विरोध चयन हुने देखिएको छ ।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य अर्याललाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना एमालेबाट भएकाले उपाध्यक्षमा माओवादीलाई सघाउने एमालेले जनाएको छ ।

उपाध्यक्षको मनोनयन दर्ता आज हुँदैछ । राष्ट्रियसभामा हाल ५८ सांसद छन् । अध्यक्षले मतदान नगर्ने भएकाले ५७ मध्ये २९ मत पाउनले उपाध्यक्ष जित्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077