Online Nepal
  • सोमबार, २२ पुष २०८१
  • प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति लामिछानेबीच बालुवाटारमा एक घण्टा छलफल

    प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति लामिछानेबीच बालुवाटारमा एक घण्टा छलफल

    अनलाइन नेपाल
  • आइतबार, २२ माघ २०७९
  • 606
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

    गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिइरहेको रास्वपाका सभापति रवि बिहानै बालुवाटार पुगेका हुन् ।



    सरकारबाट बाहिरिने वा रहने भन्ने विषयमा निर्णय गर्न नसकिरहेको रास्वपाको बैठक बस्नुअघि सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका छन् ।



    प्रधानमन्त्री प्रचण्डसँग लामिछानेले एक घण्टा छलफल गरेका छन् । प्रधानमन्त्री भेट्न आइतबार बिहान ७ बजे रवि बालुवाटार पुगेका थिए ।

    उनी बिहान ८ बजे निस्किएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आइतबार बिहान ११ बजे बस्दैछ ।

    शनिबार राति साढे ८ बजेदेखि आकस्मिक रूपमा बसेको रास्वपाको बैठकमा आज पुनः बसेर निर्णयमा पुग्ने सहमति भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार