Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार टुंग्याउन कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बिहान ९ बजे बैठक बस्न लागेको हो ।

राष्ट्रियसभाको रिक्त रहेको उपाध्यक्ष पदका लागि आज मनोनयनपत्र दर्ता गरिँदै छ । ल्होत्से हल, संघीय संसद् भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा दिउँसो १ देखि अपराह्न ४ बजेसम्म उमेदवारी दर्ता गरिने संघीय संसद् सचिवालयले जनाएको छ ।

यस्तै सत्ता पक्षबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराउँदैछिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077