Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • रास्वपाको संयुक्त बैठक निष्कर्षविहीन, आइतबार बिहान फेरि बस्ने

    रास्वपाको संयुक्त बैठक निष्कर्षविहीन, आइतबार बिहान फेरि बस्ने

    अनलाइन नेपाल
  • शनिबार, २१ माघ २०७९
  • 732
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक निष्कर्षविहीन टुंगिएको छ । पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक निष्कर्षविहीन टुंगिएको हो ।

    सरकारका विषयमा आज कुनै पनि निर्णय नभएको नेता विराजभक्त श्रेष्ठले जानकारी दिए । उनका अनुसार आजको बैठकमा सभापतिले सामान्य जानकारी गराए पनि भोलि ११ बजे बैठक बस्नेछ ।



    आजको बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तथा गठबन्धनको अवस्थाको विषयमा छलफल भएको छ ।



    यसअघि, आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय गर्ने भनिएको थियो । तर, केही सांसदहरु र शीर्ष नेता काठमाडौं उपत्यकाबाहिर रहेकाले आजको बैठकले निर्णय नगरिएको रास्वपाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार