Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको हो । बैठक अहिले ८ बजेबाट सुरु हुन लागेको हो ।

बिहीबार बसेको पार्टीको संसदीय दल र केन्द्रीय कमिटीको संयुक्त बैठकपछि रास्वपाले गृह मन्त्रालयबारे निर्णय लिन २ दिनको समय दिएको थियो ।

सो समयसीमा आजबाट सकिँदैछ । स्रोतका अनुसार गृहमन्त्रालय नै पाउनुपर्ने अडान राख्दै २ दिने अल्टिमेटम दिएको राष्ट्रिय स्वतन्त्र पार्टी अडानबाट पछाडि हटेको छ ।

रास्वपाका सभापति रवि लामिछानेलाई नै गृहमन्त्रालय फेरि दिनुपर्नेमा लबिङ गर्दै आएको रास्वपा यो अडानबाट पनि ब्याक भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077