काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राजनीतिकरुपमा हिजो देखिएका समस्याहरुलाई समाधान गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले आफ्नो पार्टीले समस्या समाधान गर्दै अघि बढ्ने बताए ।
“महिला, आदिवासी जनजाति, दलित, पिछडिएका क्षेत्रको, मुस्लिम, मधेसलगायत विभिन्न वर्ग समूदायको मूल राजनीतिक प्रवाहकरण हुन नसकिरहेको जुन हिजोको पीडा थियो । त्यो पीडालाई आज प्रतिनिधित्व समूचित आधारमा व्यवस्थापन गर्ने काम गरिएको छ,” उनले भने, “हिजोको समस्याहरुलाई पनि आज हल गर्दै जानुपर्ने अवस्था छ ।”