Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकी आकाशमा बेलुन पुगेपछि चीनले माफी माग्दै भन्यो - बाटो बिराएर त्यहाँ पुग्यो

एजेन्सी । अमेरिकाको आकाशमा आफ्नो बेलुन पुगेको घटनाप्रति चीनले माफी मागेको छ ।

चिनियाँ विदेश मन्त्रालयले अमेरिकाको आकाशमा बेलुन पुगेकोप्रति माफी माग्दै त्यो मानवरहित बेलुन मौसमको अनुसन्धानका लागि प्रयोग गरिने गरेको र निर्धारित बाटो बिराएर त्यहाँ पुगेको बताएको छ ।

पूर्वी अमेरिकातर्फ अघि बढिरहेको विशाल बेलुनका कारण उत्पन्न परिस्थितिलाई ठन्डा दिमागले सम्बोधन गर्न पनि चिनियाँ विदेश मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले निकालेको विज्ञप्तिमा चीनले कहिल्यै पनि कुनै सार्वभौम देशको भौगोलिक तथा हवाई क्षेत्रमा हस्तक्षेप नगरेको उल्लेख छ ।

चीनले अमेरिकी आकाशमा आफ्नो बेलुन पुगेको बारेमा माफी मागेको भए पनि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले आफ्नो निर्धारित चीनको भ्रमण स्थगित गरेका छन् । चीनमा पाँच वर्षपछि अमेरिकी विदेशमन्त्रीको भ्रमण हुन लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077