Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माधव नेपालको राजनीतिक प्रतिवेदन : माओवादी ढुलमुले, रास्वपा सस्तो लोकप्रियको पार्टी (पूर्णपाठ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको पाँचौँ बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

बैठकमा अध्यक्ष माधव नेपालले २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन् । प्रतिवेदनमा अध्यक्ष नेपालले विभिन्न राजनीतिक आयामहरुको बारेमा चर्चा गरेका छन् ।

जसमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक शक्तिहरू आदि रहेका छन् ।

अहिले मुलुकको राजनीतिक रङ्गमञ्चमा विभिन्न खाले राजनीतिक दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण अँगालेका र विभिन्न चरित्र भएका राजनीतिक शक्तिहरू क्रियाशील रहेको अध्यक्ष नेपालको भनाई छ ।

आफ्नो प्रतिवेदनमा अध्यक्ष नेपाललेनेपाली कांग्रेस पुँजीपति वर्ग चरित्रको पार्टी भए पनि यो पार्टी संविधान र लोकतन्त्रको रक्षाप्रति प्रतिबद्ध रहेको बताएका छन् ।

नेकपा (एमाले) दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिस्ट पार्टी भएको अध्यक्ष नेपालको ठहर छ ।उनले नेकपा (माओवादी केन्द्र) ढुलमुले चरित्रको कम्युनिस्ट पार्टी भएको बताएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी सस्तो लोकप्रिय नारा दिएर उदाएको पार्टी भएको जिकिर गरेका छन् ।

यस्तो छ प्रतिवेदनको पूर्णपाठ : 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077