काठमाडौं । गृह मन्त्रालयबारे सत्ता साझेदार दलबीच खटपट भइरहेका बेला नेपाली कांग्रेसले भने विपक्षी दलबीचको संवाद सुरु गरेको छ।
सिंहदरबारस्थित प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताबीच छलफल सुरु भएको हो।
छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर र कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सहभागी छन्।
बैठकमा राष्ट्रपति र राष्ट्रियसभाको उपाध्यक्ष चयनबारे छलफल भइरहेको बताइएको छ। राष्ट्रपति चयनका लागि आगामी फागुन २५ गते निर्वाचन हुँदै छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गते सकिँदै छ। प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा पनि उम्मेदवारी दिएर सर्वसम्मत हुन नदिएको कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पनि सर्वसम्मत हुन नदिनका लागि उम्मेदवारी दर्ता गराउन लागेको हो ।
Leave a Reply