Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाल र भारतबीचको सम्बन्ध अझै मजबुत हुनुपर्छ : राजदूत श्रीवास्तव

सप्तरी । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल–भारतको सम्बन्ध अझै मजबुत हुनुपर्ने बताएका छन् ।

सप्तरीको राजविराजमा ‘भवन उद्घाटन समारोह’मा उनले यस्तो बताएका हुन् । उनले दुवै देशको विकाससँगै थप सम्बन्ध सुदृढ हुनुपर्नेमा जोड दिए ।

उनले स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्दै सप्तरीमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा भारत सरकारले सक्दो सहयोग गरेको उल्लेख गरे ।

राजदूत श्रीवास्तवले भारत सरकारको सहयोगमा गजेन्द्रनारायण सिंह अस्पतालको हाताभित्र निर्माण गरिएको आकष्मिक प्रसूति भवन, बोरियास्थित नरेन्द्र मेमोरियल जनता मावि भवन र डाक्नेश्वरी नगरपालिकास्थित जनता रामेश्वर मेमोरियल मावि भवनको आज उद्घाटन गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077