Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्यानले सन्दीपमाथिको निलम्बन फुकुवा गर्नु गलत, टिमबाट हटाउनु पर्छ : गगन थापा

काठमाडौं । काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार आरोप लागेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गलत भएको टिप्पणी गरेका छन् । क्रिकेट एसोसिसन अफ नेपाल (क्यान) ले बलात्कार आरोपमा ९९ दिन जेल बसेर धरौटीमा रिहा भएका सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा राखेपछि आलोचना बढ्न थालेको छ ।

सोही विषयमा शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो टिप्पणी गरेका हुन् । उनले बलात्कार आरोप लागेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघको निर्णय गलत भएको बताए ।

उनले बलात्कारजस्तो गम्भीर आरोप लागेका व्यक्तिले विशेषाधिकार पाउन नसक्ने र पाउन नहुने उल्लेख गरेका छन् । उनले लेखेका छन् - 'अदालतमा विचाराधीन मुद्दाका अभियुक्तलाई क्यानले निलम्बन फुकुवा गरेको सम्बन्धमा मेरो धारणाका बारे धेरैले सामाजिक सञ्जाल मार्फत प्रश्न गर्नु भएको छ।

मेरो धारणा स्पष्ट छ - बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न। एक साता अघि नै यो प्रसङ्ग आउन साथ क्यानका अध्यक्ष (जो नेपाली काँग्रेसका जिल्ला सभापति समेत हुनुहुन्छ) लाई भेटेरै अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको यो विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग भनेको थिएँ । उहाँले यस खालको निर्णय नगर्ने बताउनु भएको थियो। तर त्यसो हुन सकेन ।

पुनः दोहोर्‍याउन चाहन्छु बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारोमा गरेको निर्णय गलत छ,तत्काल फिर्ता लिनुपर्छ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077