काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन् ।
उनी पार्टी कार्यालय जाँदै गदौ आफैले गाडी हाँकिरहेको अवस्थामा वानेश्वर पुग्दा बेहोस भएको बताइएको छ ।
बेहोस भएपछि उनलाई उपचारका लागि नयाँ वानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ ।
उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।