Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रमेश खरेलको प्रश्न – देशमा सुशासन कि कुशासन चलिरहेको छ ?

काठमाडौं । नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले देशमा सुशासन कि कुशासन के चलेको भन्दै प्रश्न गरेका छन् ।

सामाजिक संञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष खरेलले यस्तो बताएका हुन् ।

नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) समेत रहेका खरेलले लेखेका छन्, 'नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने बन्द प्रशिक्षणमा र नेपाली राष्ट्रिय फुटबल टिमका विशाल राई सुरक्षित भविष्यको खोजीमा अस्ट्रेलियामा । निरासै निराशा बिच हामी नेपालमा। ज्योतिष गुरु उपाय बताईदिनुस। सुशासन कि हाल चलिरहेको कुशासन।'

उनले देशमा निरासै निराशा बिच आफुहरु बाचेको भन्दै ज्योतिष गुरुलाई उपाय बताई दिन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077