Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिक्किमका नेपालीभाषी आन्दोलित, नेपालीमाथि गरेको अपमानलाई सच्याउन माग

एजेन्सी । भारतको सर्वोच्च अदालतले एउटा मुद्दाको सुनुवाइका क्रममा सिक्किमका नेपालीलाई विदेशी भनी टिप्पणी गरेपछि सिक्किमका नेपालीभाषी आन्दोलित भएका छन् ।

सिक्किमका छ वटै जिल्लामा सर्वोच्चको टिप्पणीको तीव्र विरोध भइरहेको छ । साथै पछिल्लो आन्दोलन छिमेकी दार्जिलिङमा पनि सुरु भएको छ ।

प्रदर्शनकारीले सर्वोच्च अदालतले सिङ्गो भारतीय नेपालीमाथि गरेको अपमानलाई तत्काल सच्याउन सात दिनको समयसीमा दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हिमाली राज्य सिक्किममा मूलतः नेपाली, भुटिया र लेप्चा समुदायको बसोबास छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077