Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – रास्वपाले समर्थन फिर्ता लिँदैन,सरकार तलमाथि हुँदैन

    प्रधानमन्त्री प्रचण्डले भने – रास्वपाले समर्थन फिर्ता लिँदैन,सरकार तलमाथि हुँदैन

    अनलाइन नेपाल
  • बिहिबार, १९ माघ २०७९
  • 666
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने दाबी गरेका छन् ।

    पार्टी स्थायी कमिटी बैठकमा सहभागी हुन पेरिसडाँडा पुगेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने ‘सरकार केही हुँदैन । मैले बुझेसम्म रास्वपाले समर्थन फिर्ता पनि लिँदैन । ’ सरकारमा सहभागी रहने कि नरहने भन्ने विषयमा निर्णय लिन रास्वपाको बैठक बसिरहेको छ ।



    गृह मन्त्रालय नपाएपछि रास्वपाले सरकार छाड्ने तयारी गरिरहेको छ । नागरिकता मुद्दामा सर्वोच्च अदालतले सांसद पद नै खारेज गरिदिएका सभापति रवि लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिनुपर्ने रास्वपाको माग छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार