Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसद्वारा युक्रेनको आवासीय भवनमा हमला

एजेन्सी । बिहीबार पूर्वी युक्रेनको एक अपार्टमेन्ट भवनको भग्नावशेषमा बचेकाहरूलाई रुसी आक्रमणले ध्वस्त पारेपछि उद्धारकर्ताहरूले खोजी शुरु गरेका छन् ।

युक्रेनको मध्यभागमा रहेको क्रामाटोर्स्कको एक आवासीय भवनमा बुधबार रुसी रकेट प्रहार हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनुको साथै २० जना घाइते भएका छन् ।

टाउकोमा टर्च लगाएका उद्धारकर्ताहरूले भग्नावशेषबाट बाँचेकाहरूलाई निकाल्ने काम शुरु गरेका छन् ।

धेरै मानिसहरू फसेका विश्वास गरिएको हुनाले प्यारामेडिक, खोज र उद्धार कुकुरहरू र विस्फोटक विशेषज्ञहरू यस उद्धारकार्यमा संलग्न रहेका डोनेट्स्क क्षेत्रीय प्रहरीले जानकारी दिएका छन् ।

आफ्नो अपार्टमेन्ट क्षतिग्रस्त भएको ७१ बर्षीय एक वासिन्दाले मैले पहिले सीटी सुनें र त्यसपछि सबै वरिपरि उड्न थाल्यो, भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077