Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारबारे निर्णय लिन बोलाईएको रास्वपा बैठकको समय सारियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको समय सारिएको छ ।

आज दिउँसो ३ बजेका लागि निर्धारित बैठक आजै अपराह्न साढे ४ बजे बस्ने गरी तय गरिएको हो । केन्द्रीय कार्यालय वसुन्धरामा बैठक बस्ने पार्टीले जनाएको छ ।

बैठकले सरकारमै बस्ने वा सरबारबाट बाहिरिने भन्ने विषयमा  निर्णय गर्ने बताइएको छ ।

नागरिकता प्रकरणमा सभापति रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएछि रास्वपाले फेरि उक्त मन्त्रालय आफूहरुलाई नै दिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077