Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रविलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ आवश्यक छैन : केपी ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार संकटमा नपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा बोल्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

राष्ट्रपति निर्वाचन र गृह मन्त्री चयनको विषयले सत्ता साझेदार दलहरुबीच खटपट परिरहेका बेला ओलीले यही कारण सरकार संकटमा नपर्ने बताए।

यसअघि सत्ता गठबन्धनमा भएको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सो मन्त्रालय पाउनुपर्ने उनले बताए । आफू र प्रधानमन्त्री प्रचण्डबीच यस विषयमा सहमति रहेको पनि उनले बताए ।

उनले भने, 'रास्वपाले कसलाई गृहमन्त्रीमा पठाउँछ त्यो त्यही पार्टीको काम हो।रास्वपाले रवि लामिछानेलाई नै गृहमन्त्रीमा पठाउँछ भने अरूलाई के को टाउको दुखाइ ।'

रास्वपाले गृह मन्त्रालय पाउँदा मन्त्री कसलाई बनाउने भन्ने विषय पनि सोहि पार्टीको जिम्मा रहने उनले बताए । उनले रवि लामिछानेलाई गृह मन्त्रालय दिन पूर्ण पाठ नचाहिने बताए ।

आफूहरुको शासन प्रणालीमै अस्थीरता रहेको उनले बताए । त्यसैकारण प्रजातन्त्र प्राप्तिपछिका सरकार पूर्णकार्यकाल नचलेको उनको भनाइ छ ।

यस्तै, ओलीले कांग्रेसमा राजनीतिक संस्कार नभएको आरोप लगाए । उनले कांग्रेसलाई गृह राज्यमन्त्री दिँदा पनि सरकारमा आउने आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077